Logo

गौर नगरपालिकालाई नमुना नगरपालिका बनाउने उम्मेद्धवारहरुको प्रतिबद्धता



पत्रकार धमलालाई हेर्न हजारौंको भीड, मधेशमा धमलाको “हाई–क्रेज”
रौतहट २५ भदौ । प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनको तयारीमा आ–आफनो पार्टीका उम्मेदवारहरु लाई विजयी हासिल गराउन प्रमुख दलका शीर्ष नेताहरु जुटिरहेका छन् ।ब
असोज २ गते हुने उक्त निर्वाचनमा प्रदेश नम्बर २ को अन्तर्गत गौर नगरपालिकाको चुनावलाई लिएर चौतर्फी बहस र चर्चा भैरहेको छ ।

यो गौर नगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्र, फोरम लोकतान्त्रिक, फोरम नेपाल, राजपासहित स्वतन्त्र गरी दर्जनौं उम्मेदवारले गौर नगर नेतृत्वका लागि मनोनयन दर्ता गराएका छन् ।
रौतहटको विभिन्न नगरहरुका प्रमुख पदमा आफनो पार्टीको उम्मेदवार लाई जिताउन जिल्ला झरेका नेपाली काँग्रेस पार्टीका पूर्व मन्त्री मो.अफताब आलमले प्रदेश नं २ को स्थानीय निर्वाचनमा नेपाली काग्रेस पार्टी पहिलो पार्टी हुने छ किन की मधेशी जनताको माग लाई सम्बोध गर्ने यही नै हो ।

मधेशमा बासोवास गर्ने जनतालाई थाहा छ की देशको पुरानो पार्टीे भएको कारण उहाँहरु लाई पूर्ण विश्वास रहेकोले हाम्रो पार्टीको जित सब भन्दा बढी हुने रौतहटको १५ स्थानमा पार्टीले आलमले बताए ।

गौर नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आ–आफ््नो विकास एजेन्डाहरु जनता माझमा राख्दै जीत सुनिश्चित भएको दाबी गर्दै विभिन्न कार्यक्रम गरि आईरहेका छन् ।
शनिबार दिउसो २ बजे देखि गौरको मधेशी क्रान्ति चौकमा रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले मेयर, उप–मेयर पदका उम्मेद्धवारहरुसँग गरेको विशेष साक्षात्कारमा मेयरका उम्मेद्धवारहरुले आफूले जिते गौरको समग्र विकास गर्ने र समृद्ध बनाउने प्रतिबद्धता जनाएका हुन् ।

रौतहटका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा साक्षात्कार सम्पन्न कार्यक्रममा बोल्दै राजपा नेपालका मेयर पदका उम्मेद्धवार अजय कुमार गुप्ताले मधेश विरोधी पार्टी एमाले लाई मधेशबाट पता साफ गरी राम्रोसँग बिदाई कार्यक्रम गरने, आफनो स्थानीय नगरको निर्वाचन हुन भएकोले गौरलाई स्वच्छ, स्वतन्त्र, तस्कर अपराधी कृयाकलाप मुक्त, समृद्ध, विकासशील, हराभरा, स्मार्ट सिटीको रुपमा व्यवस्थित बनाउने स्पष्ट पारेका छन ।

उनले स्थानीय तहको निर्वाचनले नै नगर र ग्रामिण क्षेत्रको विकास कार्यको मुहार फेर्ने भएकाले आफूहरुको मात्रै नभएर जनताहरुको पनि अब परिक्षा आएको बताए ।
गुप्ताले आफू विजयी भए रौतहटको तिन मधेश सहिद राजकिशोर ठाकुर, शम्शेर तवरेजर शेख मैनुदिनका सहिद स्मारिका गौर नगरपालिका भित्रै ऐतिहासिक बनाउने,े आफ्नो योजना रहेको बताए ।

चुनावको वेलामा अहिले धेरै पार्टीका उम्मेदवाहरुले थरि थरिको काम गर्छु भन्दै हिडेका छन तर आफुले सके सम्मको विकास कार्य गरेको तपाई सम्पूर्ण नगरबासीको आँखा अगाडी नै छ,, मेरो उम्मेद्धवारी भनेको गौर बासीको सुरक्षा र बालबालिकाको भबिष्यको लागि नै हो । सुरक्षाको अनुभुति गराउनको लागि पनि मेरो उम्मेद्धवारी हो, ठूला तथा खुद्रा व्यापारीहरुको सुरक्षा र हकहितको लािग काम गर्नेछु ।

गौर भंसार लाई ठुलो भन्सारमा परिणत गर्ने मेरो धेरै पुरानो इच्छा हुदा पनि आफुले त्यस्तो ठाउँमा नपुकोले अधुरो सपनालाई पुरा बनाउन मौका दिन समेत गुप्ताले आग्रह गरेका छन ।

त्यस्तै गौर बजारलाई औधोगिक नगरी बनाउन धेरै प्रयाप्त जग्गा हुदा पनि बन्न नसकेकोले नमुना औधोगि क्षेत्र बनाउन र बेरोजगार युवाहरुको हकहितको रोजगार िसृजना, प्राविधिक शिक्षा, अहिले सम्म पनि धेरे जसो नगरको टोलमा बिधुतको समस्या, लोडसेडीबाट ग्रस्ति लाईआफूले पहल गर्न बताए ।

त्यस्तै लोकतान्त्रिक फोरमका मेयरकी उम्मेद्धवार अर्चना यादवले सबैले पुरुष नेताहरु मात्र आफनो मुदालाई लिएर हिडनु भएको तर मेरो प्रथम प्रार्थमिकता महिला र युवतीहरुको शिक्षा, सिप, सुरक्षा, अधिकार हुन । विकासको लागि आफूहरुको उम्मेद्धवारी भएको बताएका थिए ।

उनीहरुले विगतको एक दशक भन्दा बढी समय देखि राजनिती गरिदै आउनु भएको तर जुन २० बर्ष पहिलोको गौर र अहिलेको एकै नाशको केही मुहार फेर्न ठूला दलका उम्मेद्धवारले नसक्ने बताउँदै आफूहरु जस्तै सुयोग्य, मात्रै यहाँको विकास गर्न सक्ने जिकिर यादवले गरेकी थिईन ।

उनले आफू मेयरमा विजयी भए गौरको विकासको मुहान फेरी प्रति दलित, गरिब, समुदायमा प्रगति गरेर देखाउने यादवले बताएकी छिन ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका राजदेवी नगरपालिकाको मेयर पदका उम्मेद्धवार राजेश साहले नयाँ संरचनाको अधारमा सरकारले बनाएको राजदेवी नगरपालिका अहिले सम्पूर्ण विकास कार्य काजमा मात्र रहेको छ कुनै किसिमको पूर्वधार विकास नभएकोले आफुले निस्वार्थ भवनाले उम्मेदवारी दिई जनमानस बिच काम गर्ने विश्वास दिलाए । उनले आफू युवा भएकोले राजदेवी नगरपालिकाकोे विकासको लागि पार्टीले जुन आश राखेर टिकेट दिएको छ त्यसलाई गुमन दिदैनो।

उनले राजदेवीको समग्र विकासको लागि आफु जस्तो युवालाई रोाज्नु र समृद्ध नगरको लागि आफूसँग स्पष्ट भीजन रहेको समेत साहले दाबी गरेका छन ।

राजदेवी नगरपालिकाका मेयरका उम्मेद्धवार धिरेन्द्र कुमार सिंहले विकास कसरी र कहाँ आवश्यकता हुन्छ भने राम्रोसँग थाहा भएकोले ठूलाठूला कुरा गरेर विकास नहुने बताए ।
सिंहले राजदेवी नगरको प्रत्येक टोलमा सडक, शिक्षा, ढल निकास, बिधुत लगायत समग्र विकास र जनताको जीवनस्तर उकास्नको लागि आफनो उम्मेद्धवारी भएको स्पष्ट पारे ।

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका केन्द्रिय सभापति एवम् बरिष्ठ पत्रकार ऋषि धमलाले प्रदेश नं २ को स्थानीय तहको चुनावमा जितेर मात्र हुदैन विकासको एजेण्डा लिएर आउनु र गौर नगरपालिका लाई प्रदेश नं २ मा नमुना नगर बनाउनु, मधेश आन्दोलनमा राम्रो भुमिका निर्वाह गरेका नेता वा यो ठाउँबाट माया गर्ने लाई मत दिन बताएका हुन । स्थानीय तहको निर्वाच पार्टी भन्दा बढी व्यतिm बिशेषलाई जनताले चुनिने अवस्था रहेको हुन्छ ।

मेयर पद भनेको नगरको लागि ठूलो पद हो त्यसैले स्वच्छ छवि, शिक्षित, स्वतन्त्र र भयरहित रोज्नु भोलि तपाईहरुको नगरमा विकास कार्य नामको हैन एउटा ऐतिहासिक नगरी बन्नुपर्छ । उम्मेद्धवारहरुले पूर्ण रुपमा निर्वाचन आचारसंहिता पालना गर्नुपर्ने बताए । उनले निर्वाचन सफल बनाउनका लागि आफू चुनावी अभियान रिपोर्टर्स क्लब नेपालका लिएर मधेश झरेको समते स्पष्ट पारे ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आयोजना गरेको कार्यक्रममा गौरको उपमेयर, वडा अध्यक्ष, सदस्य लगायत अन्य विभिन्न दलका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्