Logo

निधीले भने, पूर्व राजा ज्ञानेन्द्र शाह र केपी शर्मा ओली एकैपटक थाइल्याण्ड जानु साँठगाँठ



भदौ २७, काठमाण्डौ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले पूर्व राजा ज्ञानेन्द्र शाह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकैपटक थाइल्याण्ड जानु साँठगाँठ भएको आशंका गरेका छन् । साँठगाँठका कथाहरु बाहिर आउन बाँकी नै रहेको निधीले बताएका छन् ।

ऋषि धमलासँग नेपाली बहस कार्यक्रममा कुरागर्दै ज्ञानेन्द्रका नजिकका मान्छे कमल थापाको नेतृत्वका पार्टीका सांसद र केपी ओलाीको साँठगाँठमा संविधान संशोधन असफल पारिएकोसमेत निधीले आरोप लगाएका छन् ।
“हेर्दा उहाँहरु कम्युनिष्ट हो । तर गणतन्त्र र संघियताको खिलापमा षडयन्त्र गर्दै हुनुहुन्छ ।” निधीको आरोप छ ।
नेकपा एमाले संघियता, गणतन्त्र र मधेशी जनता विरोधी भएको निधीको जिकिर छ । एमालेका नेताहरु निरन्तर रुपमा चिन र उत्तर कोरिया जाने गरेको भन्दै निधीले ति देशमा किन गएको भन्ने कुरा जनतालाई भन्नुपर्ने निधीले बताएका छन् । एमालेको चरित्र जनताले बुझिसकेको दाबी गर्दै नेता निधीले भने, “एमालेका नेताहरुको अनुहार कालोले पोतिएको छ ।”
एमालेको चरित्र कस्तो हो भन्ने कुरा प्रदेश नम्बर २ को स्थानीय चुनावको नतिजाले छर्लङ्ग पार्ने नेता निधीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्