Logo

मधेश तराई फोरमका अध्यक्ष अमर यादव फोरम नेपालमा फर्किए



प्रभावशाली नेताको प्रवेशले चुनावको संघारमा फोरम नेपाल झन् बलियो हुँदै
काठमाडौं २७, भाद्र । संघीय समाजवादी फोरम नेपाल र अमर यादव नेतृत्वको मधेश तराई फोरमबीच पार्टी एकीकरण भएको छ । यादवको घर फिर्ती निर्णयले फोरम नेपालको चुनावी अभियानमा एउटा बलियो इट्टा थपिएको छ ।

वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेश तराई फोरमबीच औपचारिक रुपमा एकीकरण घोषणा गरिएको छ ।

मंगलबार रौतहटमा आयोजित चुनावी सभा एवं पार्टी एकीकरण कार्यक्रममा अध्यक्षद्घय यादवबीच राष्ट्रिय तथा मधेशका मुद्दाहरुलाई स्थानीय चुनाव, आगामी केन्द्र र प्रदेशको चुनावमार्फत् संस्थागत गर्दै थाती रहेका जनताका सवाललाई सम्बोधन गराउन संघर्ष गर्ने सहमति भएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेश आन्दोलनसम्म अमर यादव फोरम नेपालमा केन्द्रीय कोषाध्यक्षमा रुपमा सक्रिय भूमिका निर्वाह गरेका थिए । तर, ०६७ सालमा उनले फोरम नेपाल परित्याग गरी मधेश तराई फोरम गठन गरेका थिए ।

मधेश आन्दोलनताका प्रभावशाली नेताको छवि बनाएका अमर यादव फोरम नेपालमा पुनः फर्किएसँगै मधेशमा स्थानीय चुनावमा पार्टी झन् बलियो भएको केन्द्रीय सदस्य रेवन्त झाले बताए । स्मरणरहोस्, विगतमा फोरम नेपाल परित्याग गरेका अधिकांश नेताहरु कि पुनः पार्टीमा फर्किएका छन्, कि अहिले गुमनाम जिन्दगी बिताइरहेका भेटिन्छन् ।



प्रतिक्रिया दिनुहोस्