Logo

पर्सादेखि सप्तरीसम्म रिपोर्टर्स क्लबको चुनावी बहस : मधेशमा धमलाको ‘क्रेज’ चुलिँदो



काठमाडौं, २७ भदौ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आउने असोज २ गते २ नम्बर प्रदेशमा हुँदैछ । निर्वाचनको प्रचारप्रसारमा प्रमुख दलका शीर्ष नेताहरु जुटिरहेका छन् । २ नम्बर प्रदेशको निर्वाचन अहिले प्रमुख दलहरुको लागि प्रतिष्ठाको विषय भनेको छ।

मधेशमा यसपटकको निर्वाचनको माहोल बनाउन रिपोर्टर्स क्लब नेपाल सफल भएको छ। क्लबका केन्द्रिय सभापति ऋषि धमलाले २ नम्बर प्रदेशका ८ वटै जिल्लामा पुगेर त्यहाँ मुख्य नगरपालिकाका मेयरका उम्मेद्धवार र मतदाताहरुसँग चुनावी साक्षात्कार सञ्चालन गरेका थिए । यस मानेमा पनि क्लबले यो पटकको चुनावमा जनताको सद्भाव बटुलेको छ ।

हुन त यो बीचमा मधेशका तमाम जनताहरुले पहाडे पत्रकारहरुले मधेशलाई हेपाहा प्रवृत्तिले हेर्ने गरेको भनेर आरोप लगाउँदै आएका थिए । तर, पत्रकार धमला मधेशमा चुनावी बहस लिएर उत्रिएको देखेपछि उनीहरुले आफूहरु उक्त भ्रमबाट पूर्ण रुपमा मुक्त भएको दाबी गरे । पहाडे पत्रकारहरु पनि मधेशलाई मुटु मानेर पत्रकारिता गर्दा रहेछन भन्ने कुरा धमलाको मधेश यात्राले सिद्ध गरेको मधेशी बुद्धिजिवीहरुको दाबी छ ।

चार दिनको बीचमा धमलाको नेतृत्वमा ८ जिल्लामा करिब २५ ठाउँमा चुनावी बहस तथा सभा भएको थियो । हरेक सभामा कम्तिमा २ हजारदेखि १५ हजारसम्मको मास जम्मा भएको थियो । यस्तो लाग्दथ्यो कि यतिका धेरै जनता पत्रकारलाई हेर्न ठूलो मासमा उत्रिएका थिए, हजारौं मान्छेहरु ओईरिएका थिए, मेयरका उम्मेद्धवारहरुको सभादेखि लिएर अन्य बहसमा त्यस्तो जनमत देखियो ।

पत्रकार धमला मधेशमा जनताहरुको मन जित्न सफल भएका थिए । एकजना उनीसँगै गएका पत्रकार भन्दै थिए,‘मधेशमा लोकप्रियता देखेर छक्कै परें, हजारौंको संख्यामा उहाँ(ऋषिजी)लाई हेर्न मानिस आउनुभएको थियो।’ उनको क्रेज किन बढ्यो त भनेर सोधिएको एक प्रश्नमा उनले थपे,‘उहाँको पत्रकारिता नै निश्पक्षता देखियो, स्वतन्त्र, निश्पक्षता र परिवर्तनको पक्षधर भएकोले उहाँको पक्षमा जनलहर देखियो।’

पत्रकार धमलाको नेपालका हरेक आन्दोलनमा अग्रणी भूमिका थियो । उनले जहिल्यैपनि परिवर्तनको पक्षमा बहस तथा अन्र्तक्रिया गरेका थिए । उनी यसपटक पनि स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि मधेशमा चुनावी माहोल बनाउन चुनावी बहसका कार्यक्रमहरु लिएर गएका थिए ।

उनी जहाँ जान्थे पार्टीका चुनावी अर्थात् घरदैलो कार्यक्रम अन्र्तर्गत प्रचारप्रसारमा हिँडेका नेता तथा कार्यकर्ताहरु धमलालाई हेर्न पुगेका थिए । उनीसँग सेल्फी खिच्नेको पनि ठूलो भीड थियो ।



प्रतिक्रिया दिनुहोस्