आपूर्ति राज्यमन्त्रीद्वारा भीमदत्त बजार अनुगमन

0
Shares

भीमदत्तनगर, ६ असोज । आपूर्ति राज्यमन्त्री कर्ण विकले बिहीबार कञ्चनपुरको सदरमुकाम भीमदत्तनगर बजार अनुगमन गर्नुभएको छ ।उहाँले भीमदत्तनगरस्थित मुख्य बजारका फेन्सी पसल, खाद्य पसल तथा तरकारी बजार र त्यहाँ रहेका मासु पसलको समेत अनुगमन गर्नुभयो ।

बजार अनुगमनका क्रममा राज्यमन्त्री विकले यहाँस्थित टपसप फेन्सी पसलले महँगोमा सामान बिक्री गर्नाका साथै खरिद बिल देखाउन आग्रह गर्दा नभेटृाएपछि आज विहान १० बजेसम्म आवश्यक कागजात देखाउन आग्रह गर्नुभएको छ ।

त्यसैगरी, मासु पसल अनुगमन गर्दै उहाँले सरसफाइमा ध्यान दिन सुझाउँदै व्यवसायको बारेमा व्यापारीसित कुराकानीसमेत गर्नुभएको थियो ।मन्त्री नै बजार अनुगमनमा निस्केको खबर पाएपछि तरकारी बजारका मासु पसलेहरु भने सहज हुँदै मन्त्री पुग्नुअघि नै सरसफाइमा व्यस्त देखिन्थे ।

“यसरी नै सधैँ सफा राख्नुहुन्छ कि आज मात्रै हो ?”, मासु पसलेलाई प्रश्न गर्दै राज्यमन्त्री विकले भन्नुभयो । त्यसैगरी, उहाँले बुधबार कैलालीको धनगढी बजार पनि अनुगमन गर्नुभएको थियो । रासस