माधव नेपालको गोप्य टेप प्रकरणले एमालेभित्र खैलाबैला, ठूलो पहिरो जाने खतरा


काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेभित्र अहिले अध्यक्ष एवम् केपी शर्मा ओली र अर्को पक्ष माधव कुमार नेपालवीच आन्तरिक द्धन्द्ध चर्किएको छ।

स्थानीय तह अन्र्तगतको २ नम्बर प्रदेशको तेस्रो चरणको निर्वाचनमा एमालेले सम्मानजनक नतिजा ल्याउन नसकेपछि अहिले समिक्षा भैरहेको छ । पार्टीभित्रै चुनावी मतपरिणामलाई लिएर दुई धार स्पष्ट देखिएको छ । संस्थापन पक्षले जथाभावी अभिव्यक्ति दिएको कारण चुनाव हार्नु परेको बरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव कुमार नेपालले लगाएका छन् । खनाल–नेपाल पक्षधर नेताहरुले त सार्वजनिक रुपमै सच्चिनको लागि अध्यक्ष ओलीलाई चेतावनी दिएका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी केन्द्रिय कार्यसमितिको बैठकमा चुनावी समिक्षालाई लिएर विभिन्न टिकाटिप्पणी भैरहेको बेला पक्ष र विपक्ष बनेर एक अर्का पक्षवीच आरोप प्रत्यारोप पनि चलिरहेको छ ।

जुन परिदृश्यले अहिले एमाले केन्द्रिय कमिटिको बैठकमा रोचकता देखिएको छ । बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार अहिले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री नेपालले नै आफ्नै पार्टीका उम्मेद्धवारलाई हराउनको लागि दिएको “टप सेक्रेट” निर्देशनसहितको अडियो टेप प्रकरणले विशेष चर्चा बटुलेको छ ।

नेता नेपालले पार्टीभित्र ठूलो अन्र्तघात गरेको भन्दै ओलीले नै उनको आलोचना गरेका थिए। प्रसँग हो, नेता नेपालको गृह जिल्ला रौतहटमा एमाले पत्तासाफ नै हुनु । हुन पनि नेता नेपालले आफ्नै गृहजिल्लामा समेत स्थानीय तहका एउटा प्रमुख पद जिताउन सकेनन् । यद्धपी चन्द्रपुरको उपमेयरमा रामरती चौधरीले भने साख जोगाईन् । एमालेको गढ मानिएको चन्द्रपुरमा पार्टीले नाम सार्वजनिक गर्दा बाबुराम दाहाल भनेर नाम सार्वजनिक गरेको थियो, तर एमालेकै उद्धव रेग्मीले मेयरमा उम्मेद्धवारी दर्ता गराएपछि नेता नेपाल असन्तुष्ट बनेका थिए ।

अध्यक्ष ओलीले ठूलो चलखेल गरेर आफ्नो उम्मेद्धवारलाई बाईपास गरेको भन्दै नेता नेपालले पनि मेयरका उम्मेद्धवार रेग्मीलाई हराउन कुनै कसर बाँकी नराखेको स्थानीय एमाले नेताहरुले केन्द्रमा गुनासो सुनाईसकेका छन् ।

यही प्रकरणमा नेता नेपाललले रौतहटका स्थानीय नेताहरुसँग रेग्मी हराउनको लागि दिएको अभिव्यक्ति अहिले टेप प्रकरणको रुपमा पार्टीभित्र प्रवेश गरेको छ । जसको कारण एमाले केन्द्रिय कमिटि बैठक रोचक र चासोको विषय बनेको छ।