काठमाडौं, १० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले चन्द्रागिरी हिल्स लिमिटेड परिसरमा निर्मित पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक अनावरण गरेसँगै शालिक निर्माण गरेका चन्द्र ढकालको अहिले देश तथा विदेशमा व्यापक प्रशंसा भइरहेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडद्वारा निर्मित शालिक पाँच फिट आठ इन्च उचाईको छ । मूर्तिकार नवीन सुवेदीले शालिक निर्माण गरेका हुन् । शालिक निर्माण गरेर उद्धघाट्न गरेसँगै ढकालको यति उचाई बढेको छ, अहिले उनलाई फोनमा बधाई लिन भ्याई–नभ्याई छ ।
गत आइतबार चन्द्रागिरी हिल्समा आयोजित भव्य समारोहमा नेपाल सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका प्रभावशाली नेताहरु, सांसदद लगायत विशिष्ठ व्यक्तित्वको उपस्थितिमा राष्ट्रपति भण्डारीले शालिकको अनावरण गरेकी थिईन् ।
पृथ्वीनारायण शाहले सुरु गरेको नेपाल एकीकरणको अभियानका क्रममा राजनीतिक र धार्मिक रूपले सम्बन्धित रहेको यस चन्द्रागिरीमा उहाँको शालिक राख्नु नेपाली इतिहासको संरक्षण र सम्बर्धनमा एक महत्वपूर्ण योगदान पुग्ने भएकोले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त शालिक निर्माण गरेको ढकालले जनाउनुभएको छ ।
‘नेपालको एकीकरण अभियानकै क्रममा पृथ्वीनारायण शाह मकवानपुर र नुवाकोटको यात्रा चन्द्रागिरीको बाटो हुँदै गर्नुभएको र उहाँले काठमाडौंं उपत्यकाको सुन्दरताका साथै असोज महिनामा यहाँ फलेको लहलह धानदेखि लोभिएर बडो खेतीयोग्य जमिन रहेछ भनी आफ्नो राज्य विस्तारका क्रममा काठमाडौँ उपत्यकामाथि नै विजय प्राप्त गर्ने अभियानस्वरूप योजना बनाउनुभएको इतिहास छ ।’
त्यस्तै उहाँले हाल भालेश्वर मन्दिर रहेको स्थानमा बसेर काठमाडौं उपत्यकामाथि विजय प्राप्तगर्न सकौँ भनी कामना गर्नुभएको तथ्य पनि इतिहासमा भेटिन्छ । यी दुई पक्षको ऐतिहासिकताको सम्बर्धनका लागि यो शालिक निर्माण गरिएको हो ।
राज्यले गर्नुपर्ने काम लिमिटेडका अध्यक्ष ढकालले गरिदिएको भन्दै आम नेपालीहरुले अहिले उनको मुक्तकण्ठले प्रशंसा गरेका छन् । एक प्रभावशाली मन्त्री भन्दै थिए,‘राज्यले गर्नुपर्ने काम चन्द्रजीले गर्नुभयो, यो अत्यन्तै सेवाभावले गर्नुभएको छ, उहाँलाई हामीले जति नै प्रशंसा गरे पनि कम नै हुन्छ ।’
व्यावसायिक क्षेत्रमा राम्रै नाम कमाइसकेका ढकाल अहिले प्रतिष्ठित उद्योगपतिदेखि सर्वसाधारणबीच पनि प्रिय नाम हो । ढकाललाई व्यवसायमा फड्को मार्न सबैभन्दा सहयोगी बनेको ‘इन्टरनेसनल मनी एक्सप्रेस’ (आईएमई) झन्डै आधा नेपालीको घरसँग कुनै न कुनै रूपमा जोडिइसकेको थियो ।
पैसा शक्तिको स्रोत हो तर ढकालको मिजासिलो र सरल व्यवहारले उनलाई सबैमा थप प्रिय बनाएको भन्दै अहिले नेपाली आर्थिक क्षेत्रमा सुन्न पाईन्छ । उनी मुलुकमा पर्ने हरेक खाले आपत तथा विपद्मा पनि सहयोग गर्न आँतुर हुन्छन् । समाज सेवामा उनको लत नै छ भन्दा पनि हुन्छ । चाहे भुकम्प पीडितलाई सहयोग होस्, या बाढी पीडितलाई ढकालले आँफै सक्रिय भएर सहयोग गरेका छन् ।
अहिले स्वर्गीय पृथ्वीनारायण शाहको शालिकको उद्धघाट्न भएसँगै उनको चर्चा दुरदराजको टोलदेखि शहरका गल्ली र कर्पोरेट हाउसमा चल्न थालेको छ । गुड जब ढकालजी । गो अहेड । अल दि बेष्ट ।
प्रतिक्रिया