Logo

मासु खाने बढे: उपत्यकामा दैनिक ४ करोडको राँगाभैंसी



काठमाडौं ११ असोज । उपत्यकामा पछिल्लो समय राँगाभैंसीको मासु खपत बढेको छ ।काठमाडौं उपत्यकामा खपत हुने मासुमध्ये करिब ६० प्रतिशत राँगाभैंसीको छ ।

मासु उपभोगप्रति बढ्दो रुचिका कारण मासुजन्य पशुपन्छीको आयात पनि त्यही हाराहारीमा वृद्धि भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर र किर्तिपुरमा गरी दैनिक एक हजार राँगाभैंसीको खपत हुन्छ । काठमाडौंमा मात्र दैनिक ६ सय जटा खपत हुन्छ । आजको अन्नपूर्ण पोस्टमा खबर

व्यवसायीका अनुसार एउटा राँगाभैंसीको औसत मूल्य ४० हजार रुपैयाँ पर्छ । यसरी हेर्दा एक हजार राँगाभैंसीको खरिद मूल्य चार करोड रुपैयाँ पर्छ ।



प्रतिक्रिया दिनुहोस्