नेविसंघको कार्यवाहक अध्यक्षको जिम्मेवारी खड्कालाई, अध्यक्ष शेर्पा भारत प्रस्थान


काठमाडौं, ६ पुष । नेपाल विद्यार्थी संघ (नेविसंघ) को कार्यवाहक अध्यक्षको जिम्मेवारी सञ्जिव खड्कालाई प्रदान गरिएको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आइतबार खड्कालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेका हुन्। नेविसंघ केन्द्रीय कार्यालयमा कार्यववाहकको जिम्मेवारी लिएपछि खड्काले प्राप्त जिम्मेवारीलाई न्याय गर्ने बताए।

अध्यक्ष शेर्पा भारतको आइआइटी मुम्बईमा आयोजना हुने कार्यक्रमका लागि आइतबार भारत प्रस्थान गरेका छन् । पशुपति बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका नेविसंघ केन्द्रीय सदस्य खड्का उदयपुरका हुन् ।

Skip This

Omoda E5 Pro