Logo

कलैया उपमहानगरको स्थगित मतगणना सुचारु, एमालेले गर्यो बहिस्कार



काठमाडौं ११ असोज । बाराको कलैया उपमहानगरपालिकाको स्थगित मतगणना सुरु भएको छ । एमालेको विरोधपछि सोमबार साँझबाट स्थगित मतगणना मंगलबार साँझबाट सुरु भएको हो ।

वडा नं २० को मतगणनाको क्रममा १२ वटा मतपत्रमा स्वस्तिक छापको ठाउँमा अर्कै छाप प्रयोग भएको भेटिएपछि एमालेसहितका केही दलले पुनः मतदानको माग गरेपछि गणना रोकिएको थियो ।,खबर नया पत्रिकामा छ ।

तर, निर्वाचन आयोगले अर्को छाप प्रयोग भएका सबै मतपत्रलाई बदर मानी अन्य मतगणना गर्नु भन्ने निर्देशन दिएपछि मंगलबार साँझबाट गणना अघि बढाइएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्