विप्लवको पार्टीले कि त घोषित रुपमा युद्धमा छौं भन्नुपर्यो‍, कि त खुला प्रतिस्पर्धामा आउन जरुरी छ : पुन


रोल्पा, १५ असोज । नेकपा माओवादी केन्द्रका नेता बर्षमान पुनले ‘गाउँपालिकाका अध्यक्षको अपहरण अराजनैतिक र अनैतिक काम थियो । मैले जनतासँग मात्र होईन, थबाङमा रहेका नेकपाका नेता कार्यकर्तालाई भेटेर पनि भने’, नेता पुनले थपे, ‘विप्लवको पार्टीले कि त घोषित रुपमा युद्धमा छौं भन्नु पर्यो‍। कि त खुला प्रतिस्पर्धामा आउन जरुरी छ।’

प्रतिनिधि सभाको लागि गृह जिल्ला रोल्पाबाट उम्मेदवार बन्ने भएका छन्। २०५२ सालमा होलेरी चौकी आक्रमणमा संलग्न हुँदै माओवादी विद्रोेहमा होमिएका पुन गृह जिल्लाबाट उम्मेदवार बनेका छैनन्। ‘आफूले राजनीति सुरुबाट गरेको जन्मथलोबाट उम्मेदवार बन्ने आकांक्षा हुनु स्वभाविक हो।

यो पटक आफ्नै जिल्लाबाट उम्मेदवार बन्ने सोचमा छु’, नेता पुनले आइतबार रोल्पा सदरमुकाम लिबाङमा पत्रकार सम्मेलनमा भने, ‘रोल्पामा नेता कृष्णबहादुर महराको पहिलो दावी हो र मेरो दोस्रो। महरा सरको स्तरबाट यस पटक गृह जिल्लाबाट मलाई ‘तपाई उठ्नुस’ भन्ने छलफल भईसकेको छ। त्यसैले मेरोे दावी रहेको छ।’

संघको उम्मेदवार निश्चित जस्तै भएपछि नेता पुनले दशैंमा पनि जनस्तरमै भेटघाट तीव्र बनाए। टीकाका दिन उनी थबाङसमेत पुगे। केही साता अघि थबाङ गाउँपालिकाका अध्यक्ष बीरबहादुर घर्तीलाई नेकपाका कार्यकर्ताले अपहरण गरेका थिए। माओवादी केन्द्रका अध्यक्षसहित हेलिकोप्टरमा गाउँसभाको उद्घाटनमा पुगेका नेता पुन दशैंको मौका छोपेर शहिदमार्ग हुँदै गाडीमा पुनः थबाङ पुगे।