प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीमा निर्वाचित


काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृ प्रतिमा गौतम सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छन् ।

उनी नेतृ नानुमैया बास्तोलालाई फराकिलो अन्तरले पराजित गर्दै सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको मतगणनाको नतिजाअनुसार गौतमले बास्तोलालाई तीन हजार पाँच सयभन्दा बढी मतले पराजित गरेकी छन् ।

नेतृ गौतमले पाँच हजार ११६ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी बास्तोलाले एक हजार ५५४ मत प्राप्त गरेकी छन् ।