काठमाडौं, १७ असोज । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय राजीनामा दिएर संसदको निर्वाचन लड्न पर्सी नेपाल आउने भएका छन्।
उनले सो बारेमा कांग्रेसका नेताहरूलाई जानकारी गराइसकेको र सोही अनुसार उनी पर्सी काठमाडौं आउन लागेको पत्रकार ऋषि धमलालाई जानकारी दिए । उपाध्याय नेपाली कांग्रेसका नेता हुन्। उनले गृह जिल्ला कपिलबस्तुबाट लामो समयदेखि राजनीति गर्दै आएका छन्।
पछिल्लो पटक भने उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए। राजदूत उपाध्यायले भने,‘निर्वाचन लड्न आउन मेरा साथीभाईहरूको ठूलो आग्रह छ, म पनि राजनीतिक व्यक्तिनै हुँ,’ उनले भने, ‘तर जुन समयमा मैले राजदूतका रूपमा काम सम्हालेँ त्यो पनि ठूलो जिम्मेवारी थियो। अब त्यो जिम्मेवारीलाई मर्या्दित रूपले अवतरण गरौं भन्ने सोंचमा छु।’
प्रतिक्रिया