बृहत्त राष्ट्रवादी र प्रजातान्त्रिक मोर्चा बनाउन बालुवाटारमा ५ बजे बैठक


काठमाडौं, १८ असोज । प्रमुख दल नेपाली कांग्रेसले आज साँझ ५ बजे बृहत्त राष्ट्रवादी र प्रजातान्त्रिक शक्तिहरुलाई छलफलको लागि बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हुने आजको बैठकमा राप्रपा अध्यक्ष कमल थापा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाल लोकतान्त्रिक

फोरमका अध्यक्ष विजयकुमार गच्छदार, राप्रपा–प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबरा लगायतका शीर्ष नेताहरुलाई छलफलको लागि बोलाएको छ।
त्यस्तै राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई पनि आजको बैठकमा बोलाईएको छ। आगामी दिनमा वामपन्थीहरुको विरुद्धमा नयाँ लोकतान्त्रिक बृहत्त मोर्चा बनाउने र त्यही अनुसार रणनीति तय गर्ने कांग्रेसको तयारी रहेको छ ।