बालुवाटारमा उपेन्द्र यादव पनि आए, बैठक सुरु


काठमाडौं, १८ असोज । प्रमुख दल नेपाली कांग्रेसले लोकतान्त्रिक गठवन्धन बनाउन पहल थालेको छ । अहिले कांग्रेस शीर्ष नेताहरुले राजपा, राप्रपा, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिकसँग छलफल गरिरहेको छ ।

बालुवाटारमा जारी छलफलमा संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव पनि ढिलोगरि आईपुगेका छन् । उनी आएसँगै बेठक अहिले सुरु भएको एक नेताले जानकारी दिए ।

बैठकमा सहभागी दलहरु मध्ये राजपा कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठवन्धन बनाउन सहमत देखिएको छ । अन्य दलले अहिलेसम्म यसबारे औपचारिक धारणा बनाएका छैनन् ।