मन्त्रिपरिषद विस्तारबारे आयोगको गम्भिर ध्यानाकार्षण भएको छ : प्रमुख निर्वाचन आयुक्त यादव


काठमाडौ., २७ असोज । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले सरकार विस्तार गलत भएको भन्दै आयोगको गम्भिर ध्यानाकार्षण भएको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचार संहितालाई लत्याएर राप्रपा अध्यक्ष कमल थापासहितका अन्य नेताहरुलाई मन्त्री नियुक्त गरेपछि प्रमुख निर्वाचन आयुक्त यादवले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

राप्रपाबाट पार्टी अध्यक्ष थापासँगै चार मन्त्री र चार राज्यमन्त्री नियुक्त भएका छन् । तर, सपथ कार्यक्रम भने तय भइसकेको छैन । सपथ कार्यक्रम तय नहुनु अघि नै प्रमुख निर्वाचन आयुक्त यादवले यस्तो बताएका हुन् ।

देउवाले गरेको मन्त्रिपरिषद विस्तारको विपक्षी एमालेले विरोध गरेको छ भने सत्तारुढ माओवादी केन्द्र छलफलमा जुटेको छ । माओवादीले शनिबार यसबारे धारणा बाहिर ल्याइने बताएको छ ।

माओवादीले विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि कांग्रेस सभपति समेत रहेका प्रधानमन्त्री देउवा रुष्ट बनेका थिए ।