यस्ता छन् माओवादी केन्द्रका समानुपातिक उम्मेदवार


३० असोज, काठमाण्डौ । ठूला दलले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचिमा कोको नेताहरु समावेश गरिएको छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ । तेस्रो ठूलो दल माओवादी केन्द्रले ककसलाई समानुपातिक तर्फको उम्मेदवार बनायो भन्ने जानकारी प्राप्त भएको छ ।

प्राप्त जानकारी अनुसार माओवादी केन्द्रले संघीय संसद् (प्रतिनिधिसभा) का लागि पूर्वसभामुख ओनसरी घर्तीलगायत पार्टीका दोस्रो पुस्ताका नेतालाई मात्रै समानुपातिक उम्मेदवार बनाएको छ ।
शीर्ष नेता अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादललगायतलाई प्रत्यक्षमै निर्वाचन लडाउने गरी कसैको पनि नाम समानुपातिक सूचीमा राखिएको छैन ।

नेता बादललाई समानुपातिक उम्मेदवार बनाउने गरी माओवादीभित्र सुरुमा चर्चा चले पनि उनले प्रत्यक्षमै निर्वाचन लड्ने बताएपछि उनको नाम समानुपातिक सूचीमा राखिएको छैन । दाहाल चितवन ३, थापा चितवन २ र श्रेष्ठ गोरखा २ बाट निर्वाचन लडाउने माओवादी योजना छ । नेता कृष्णबहादुर महरा, वर्षमान पुन, चक्रपाणि खनाललगायतलाई माओवादीले प्रत्यक्षमै उम्मेदवार उठाउने भएको छ ।

माओवादीले पूर्वसभामुख घर्तीका अतिरिक्त पूर्वमन्त्री हितराज पाण्डे, रेखा शर्मा, नेता मणि थापा, नारायण दाहाल, तिलक परियार, जयपुरी घर्ती, श्रवण वर्वयिा यादव, पूर्णकुमारी सुवेदी, देवी खड्का, विमला सुवेदी, पासाङ शेर्पा, सुरेश आलेमगर, नारायण शर्मा, धमशिला चापागाईं, बलावती शर्मालगायतको नाम समानुपातिक सूचीमा राखेको छ ।

Skip This

Omoda E5 Pro