समानुपातिकमा नाम परेका कांग्रेस नेताहरु

0
Shares

काठमाडौं, ३१ असोज। नेपाली कांग्रेसले यसपटक अधिकांश ठूला नेताहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ । कांग्रेसका नेताहरुमा कृष्णप्रसाद सिटौलादेखि केबि गुरुसम्म समानुपातिक तर्फ उम्मेदवार बन्ने भएका छन्।

सीतादेवी यादव, सुजाता कोइराला,बालकृष्ण खाण, दिलेन्द्रप्रसाद बडू,किशोरसिंह राठोर, कृष्णचन्द्र नेपाली, र चित्रलेखा यादवको नाम समानुपातिकको सूचीमा छ ।

त्यसैगरी महालक्ष्मी उपाध्याय पुष्पा भुसाल, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, उमा रेग्मी, मीना पाण्डे र मञ्जु खाण समानुपातिक उम्मेदवार बनेका छन् ।

नेपाल लोकतान्त्रिक फोरमका महामन्त्री भारतेन्दु कुमार मल्लिक पनि काँग्रेसमा प्रवेशसँगै समानुपातिकमा सुरक्षित भएका छन् । मृदुला कोइराला, मधु शाही, रीता खनाल, सीता गुरुङ, ज्ञानकुमारी छन्त्याल, बहादुरसिंह लामा लगायतको नाम समानुपातिकमा छ ।