३१ असोज, काठमाण्डौ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले वाम गठबन्धनले चुनावी सरकारलाई कुनै असर नगर्ने बताएका छन् । नेपली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै मन्त्री बस्नेतले आफ्नो दलको लक्ष्य नै चुनाव गराउनु रहेको बताएका छन् ।
कांग्रेससँगको गठबन्धन नै प्रदेश र संसदको चुनावका लागि भएको बताउँदै माओवादी केन्द्रका नेतासमेत रहेका बस्नेतले चुनावी मिसनमा कुनै षडयन्त्र र जालझेल नगरिएको स्पट पारे । वाम गठबन्धन गरेर सरकार ढाल्ने काम नगरेको भन्दै राजनीतिक समिकरण मात्र गरेको बताए ।
संविधानको कार्यान्यनका लागि माओवादी केन्द्र प्रतिबद्ध रहेको भन्दै बस्नेतले स्वार्थका लागि नभै राष्ट्रको हितका लागि आफुहरु सरकारमा बसिरहेको बताएका छन् । अहिलेको अवस्थामा सरकारमा बसिरहनु नै इमानदारिता भएको बस्नेतको भनाई छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीलाई हटाएको खण्डमा सहजै बाहिरिने मन्त्री बस्नेतको भनाई छ । प्रधानमन्त्रीले नै हटाएमा भने नैतिकताका आधारमा पनि सरकारमा बस्न नल्निे तर्क बस्नेतको छ ।
माओवादीलाई दिइएको मन्त्रालय खोसेर राप्रपाबाट विनाबिभागिय मन्त्री बनाइएकाहरुलाई दिएको खण्डमा के गर्ने भन्ने विषयमा भने केही नसोचेको प्रतिक्रिया मन्त्री बस्नेतले दिएका छन् । आफुहरुलाई विना विभागिय मन्त्री बनाएको खण्डमा के गर्ने भन्ने विषयमा पार्टीे निर्णय गर्ने बस्नेतको भनाई छ ।
अहिलेसम्म प्रधानमन्त्री देउवाले आफूहरुलाई केही नभनेको बताउँदै यदी सरकारबाट हट्न आग्रह गरेमा सरकारबाट हट्ने बस्नेतको भनाई छ ।
प्रतिक्रिया