राजिनामाबारे प्रधानमन्त्रीलाई सोध्न माओवादी केन्द्रका मन्त्रीहरुको भनाई


काठमाडौं, ३१ असोज । नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिने भन्ने हल्लामात्रै भएको स्वयम् माओवादी केन्द्रका मन्त्रीहरुले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरुले आजै राजिनामा दिने भनेर हल्ला भएको छ । तर, उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आफूले पत्रकार सम्मेलन अर्के विषयमा गर्न लागेको स्प्ष्ट पारेका हुन् । संयुक्त राष्ट्रसंघकोे ७२ औँ महासभाले मानवअधिकार परिषदमा नेपाललाई पनि निर्वा्चित गरेको भोलिपल्ट उनले आज पत्रकार सम्मेलन गर्न लागेको जनाए ।

विभिन्न देशका क्षेत्रगत आधारमा रहने परिषद्मा कूल ४७ देशका प्रतिनिधि रहनेछन् । सोमबार भएको निर्वाचनमा नेपाललगायत १५ नयाँ देशले उक्त परिषदमा प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई विना विभागीय बनाउने तयारी गरेपछि माओवादी केन्द्रका मन्त्रीहरुले आजै राजिनामा दिने तयारी गरेका छन् ।

माओवादी केन्द्रका मन्त्रीहरुले राजिनामा दिनुअघि प्रधानमन्त्री देउवासँग पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् । उक्त भेटवार्तासँगै माओवादीक केन्द्र सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

सरकार छाड्नुअघि उपप्रधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले दिउँसो १ बजे र गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले दिउँसो दुई बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने खबर आएपछि माओवादी केन्द्रले सरकार छाड्न लागेको भनेर चर्चा भएको थियो । तर यसबारेमा गृहमन्त्री जनार्दन शर्माले पनि गलत प्रचार भएको भन्दै आपत्ति जनाए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा मन्त्री शर्माले भने,‘खोई, यसबारेमा मलाई त केही थाहा छैन, तर मेरो अहिले केही बेरमा हुन लागेको पत्रकार सम्मेलन चाहीँ नियमित हो, अब राजिनामा हो कि के हो भन्ने कुरा ऋषिजी प्रधानमन्त्रीलाई सोध्नुहोस्, तपाईजति देउवासँग नजिक को छ र? ’ प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई समेटेर मन्त्रिपरिषद बिस्तार गरेपछि माओवादीले सरकार छाड्न लागेको हो ।