निर्वाचन आयोगले भन्यो,‘भोलि हुने उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भयो’


काठमाडौं, ४ कात्तिक । निर्वाचन आयोगले आइतबार (भोलि) हुने पहिलो चरणको प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सह–सचिव नवराज ढकालले उम्मेदवार मनोनयनका लागि ३२ ओटै जिल्लामा उम्मेदवार मनोनयन अनुसूची, फारम, जनशक्तिलगायतका सम्पूर्ण काम पूरा भएको पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

त्यस्तै आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पहिलो चरणमा मतदान हुने ३२ जिल्लामा आइतबार उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने दिन तोकिएकाले समयमा नै उम्मेदवारी दर्ता गर्न दलहरुलाई आग्रह गरेको छ ।

मनोनयन दर्ताका लागि शनिबार नै आयोगका कर्मचारी सम्बन्धित कार्यालयमा पुगिसकेको पनि प्रवक्ता ढकालले जानकारी दिए ।