काठमाडौं, ४ कार्तिक । पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द रिपोर्टर्स क्लब नेपालको देउसी–भैलो टोलीसँग छमछमी नाँचेका छन् ।
शनिबार क्लबका सभापति ऋषि धमलाको नेतृत्वमा चन्द निवास लोकन्थली पुगेको उक्त देउसी टोलीसँग चन्द पत्रकार धमलाको हात समातेर नाँचेका हुन् । चन्द सँगै उनका छोरा एवम् आपुर्ति मन्त्री जयन्त चन्द पनि नाँचेका थिए ।
निकै खुशी मुद्रामा प्रस्तुत भएका पूर्वप्रधानमन्त्री चन्दले नाँचगानमा समेत विशेष रुचि आपूmमा भएको पत्रकारहरुसँग बताएका थिए ।
प्रतिक्रिया