काठमाडौं, ५ कार्तिक । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायको राजीनामा सरकारले स्विकृत गरेको छ।
राजनीतिबाट कुटनीतिमा प्रवेश गरेका उपाध्यायले पुन राजनीतिमा आफूलाई सक्रिय बनाउन राजदूत पदबाट राजीनामा दिएका हुन् । गृहजिल्ला कपिलवस्तु अर्थात उनको निर्वाचन क्षेत्रका जनताको ठूलो दबाबका कारण उनले राजदुतबाट राजिनामा दिएर पूनः राजनीतिमा होमिन लागेको जनाएका छन्।
स्रोतका अनुसार उपाध्यायले कपिलवस्तुको एक वा दुई मध्ये जुन क्षेत्रबाट उम्मेद्धवार बनपनि चुनाव लड्ने तयारी गरेका छन् । कांग्रेस संसदीय बोर्डले उनलाई दुई वटा क्षेत्रमध्ये कुनै एकबाट उम्मेद्धवार बनाउने भएको छ।
उपाध्याय राजदूत हुनु भन्दा पहिले कपिलवस्तुबाट संविधानसभा निर्वाचनमा पराजित भएका थिए । तर, ०४८ को संसदीय निर्वाचनमा पनि उपाध्याय कपिलवस्तुबाट निर्वाचत भएका थिए ।
दुई छोरी र एक छोराका पिता उपाध्याय नेपाली काँग्रेसको सिफारिसमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका थिए । राजदूत हुनु अघि उपाध्याय काँग्रेसको सक्रिय राजनीतिमा क्रियाशिल थिए । गाउँ पञ्चायत,जिल्ला पञ्चायत,बहुदल,गणतन्त्रमा उपाध्यायले जनप्रतिनिधिका रुपमा सेवा गर्दै आएका थिए ।
राजदुत उपाध्यायले आफ्नो कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध समेत सुमधुर बनाएका थिए । उनले भारत बसाईका क्रममा धेरै महत्वपूर्ण उपलब्धि हाँसिल गराएका थिए । नेपाल–भारत आर्थिक सम्बन्धका नयाँ आयामहरु समेत उनकै पालामा थपिएका हुन् । उनले बिग्रिएको नेपाल–भारत सम्बन्ध समेत सुधार गरेर नेपालीहरुको मन जितेका थिए । संविधान जारी गर्दा ताका मधेश आन्दोलनका कारण भारतीय नाकाबन्दी समेत उनले कुटनीतिक रुपमा हल गरेर सहज बनाएका थिए ।
त्यतिमात्रै नभएर, उनको पालामा नेपाल र भारत दुवै देशबाट उच्चस्तरीय राजनीतिक भ्रमणहरु समेत भएका थिए । यसको श्रेय पनि उनलाई नै जान्छ । नेपालमा हुलाकी राजमार्ग, उर्जासम्बन्धी पनि धेरै प्रगति भएका छन् ।
प्रतिक्रिया