काठमाडौं, ५ कार्तिक । पत्रकार ऋषि धमलालाई प्रदेश नम्बर २ को रौतहट जिल्लाको क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फ उम्मेद्धवार बनाउन प्रायः मुख्य दलहरु सहमत भएका छन् । मधेशमा धमलाको क्रेज देखेर प्रमुख दलका शीर्ष नेताहरुले नै उनलाई साझा उम्मेद्धवार बनाउने तयारी गरेको बुझिएको छ ।
नेपाली कांग्रेसले उम्मेद्धवार बनाए आफूहरु सबैले धमलालाई सघाउने अन्य दलका नेताहरुले बताउन थालेका छन् । पत्रकार धमलाले विभिन्न सञ्चारमाध्यमबाट पहाड र मधेशको सम्बन्ध समुधुर बनाउन सेतुको काम गरेकोले पनि सिँगो मधेशका जनताले उनीप्रति ठूलो सम्मान देखाउँदै आएका छन् । स्थानीय तहको हालै सम्पन्न २ नम्बर प्रदेशको निर्वाचन ताका चुनावी अभियान लिएर मधेश पुग्दा समेत धमलालाई चुनाव लड्न विभिन्न जिल्लाका स्थानीय नेता तथा कार्यकर्ताहरुले आग्रह गरेका थिए ।
मधेशको विकासको लागि धमलाले मात्रै काम गर्न सक्छन् भन्ने विश्वास मधेशी जनताको विश्वास र भरोसा छ । हुन त पत्रकार धमलाले स्थानीय जनताको आग्रहलाई यसपटक सोझै नकार्ने अवस्था भने नरहेको जिकिर गरेका छन् ।
यता रौतहटमा पनि विभिन्न दलका युवा नेताहरुले पत्रकार ऋषि धमला आफूहरुको क्षेत्रबाट चुनाव लड्न आए जस्तोसुकै सहयोग गर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टीका युवा नेता धिरज पटेलले शसस्त्र विद्रोहको मर्म बुझ्ने गरी राजनीति गर्न नसकेको आरोप लगाएका छन् । नेकपा माओवादी केन्द्र परित्याग गरेर राजपामा प्रवेश गरेका पटेलले माओावादीले शसस्त्र विद्रोहको मर्म बुझ्ने गरी राजनीति गर्न नसकेको आरोप लगाएका हुन् । “माओवादी पार्टी आफ्नो आदर्श र विचारबाट विचलन भयो ।” पटेलले भने ।
नेता पटेलले धमलाले कांग्रेस वा अन्य जुन दलबाट टिकट लिएर चुनाव लड्न आएपनि आफूहरुले सघाउने प्रतिबद्धता जनाएका छन् । पत्रकारसँगको संक्षिप्त कुराकानीमा उनले भनेका छन्,‘ऋषिजी आँफैमा साझा व्यक्ति हुनुहुन्छ, उहाँले निर्भिक र निश्पक्ष पत्रकारिता गरिरहनुभएको छ, हामी त उहाँलाई कांग्रेसले पनि टिकट दिनुपर्छ भन्छौं।’
सूत्रहरुले बताएका अनुसार प्रचण्डले धमलालाई कांग्रेसले उम्मेद्धवार बनाए आफ्नो पार्टीले पनि उनलाई सहयोग पुर्याउने संकेत गरेका छन् । धमला उक्त क्षेत्रबाट उम्मेद्धवार बने आफ्नो पार्टीले त्यहाँ कुनै उम्मेद्धवार नदिने प्रचण्डको योजना रहेको छ।
प्रतिक्रिया