काठमाडौं, ६ कार्तिक । नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनको लागि बर्दिया क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।
एमालेसँग बाम गठबन्धन बनाएर चुनावमा होमिएको माओवादी केन्द्रले पार्टी अध्यक्ष प्रचण्डलाई बर्दियाबाट चुनाव लडाउने तयारी गरेको स्रोतको दाबी छ । हुन त यसअघि एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया– १ बाट उठ्ने तयारीमा थिए । तर प्रचण्डले उक्त क्षेत्रमा आफूलाई दिनको लागि आग्रह गरेपछि गौतम प्युठान जाने भएका छन् ।
एमाले जिल्ला कमिटी बर्दियाले उपाध्यक्ष गौतमलाई बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा उठाउन सर्वसम्मत सिफारिस गरिसकेको थियो ।
जिल्ला पार्टी कार्यालय गुलरियाले यसअघि नै सर्वसम्मतिमा गौतमको नाम छनोट गरेको थियो ।
२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गौतम बर्दिया र प्युठान दुवै क्षेत्रबाट निर्वा्चित भएका थिए। उनले एक क्षेत्र छाड्नुपर्ने भएकाले बर्दिया छाडेका थिए। हुन त यता प्रचण्डले पनि यसअघि आफू चितवनको तीन नम्बर क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका थिए ।
माओवादी केन्द्रका नेता हरिबोल गजुरेलसँग प्रचण्डको चुनावी क्षेत्रबारे गरिएको कुराकानी :
प्रतिक्रिया