Logo

विनोद चौधरी कांग्रेसमा प्रवेश गरेपछि कांग्रेस निकट अन्य उद्योगि रुष्ट, महेश जाजु सन्तुष्ट



कात्तिक १४, काठमाण्डौ । धनाढ्य उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेसँगै कांग्रेस निकट अन्य उद्योगपतिहरु सशंकित भएका छन् । नेपाली कांग्रेसका लागि धेरैअघिदेखि दिलोज्यानले सहयोग गर्दै आएका उद्योगिहरुलाई वेवास्ता गर्दै विनोद चौधरीलाई प्राथमिकता दिइएको भन्दै केही उद्योगपतिहरु कांग्रेससँग रुष्ट भएका हुन् ।

विनोद चौधरी कांग्रेसमा आएकोप्रति पार्टीभित्र अधिकांश नेता कार्यकताहरु खुशी भइरहेका बेला असन्तुष्ट उद्योगपतिहरु भने कांग्रेसविरुद्ध नै मोर्चाबन्दीमा उत्रिएका छन् । उमेश श्रेष्ठको नेतृत्वमा उद्योगि दिव्यमणिराज भण्डारी र अनिल रुङटाको समुहले कांग्रेसको विरुद्धमा उत्रिने निर्णय नै गरेको बताइएको छ ।

पंचायतकालदेखि कांग्रेसलाई सहयोग गर्दै आएका उद्योगिहरुलाई उपेक्षा गर्दै विनोद चौधरीलाई अघि सारेपछि चारजना उद्योगि शेरबहादुर देउवालाई चुनाव हराउने खेलमा लागेका छन् ।

पटक-पटक समानुपातिक सूचिमा परे पनि सासंद नबनाइएका उद्योगिहरु कांग्रेसँग रुष्ट बनेका हुन् । उता कांग्रेसभित्र विनोद चौधरीलाई ससंदमा लगेर अर्थमन्त्री बनाउनेसम्मको चर्चा सुरु भएको छ । कांग्रेसको अर्थनीतिसँग निकट मानिने चौधरी खुला अर्थतन्त्रको पक्षधर मानिन्छन् । त्यसैले पनि कांग्रेसले उनलाई अर्थ मन्त्री बनाउने चर्चा सुरु भएको छ ।

कांग्रेसबाट यसअघि पनि श्रेष्ठ र रुङटा सभासद मनोनित भएका थिए । श्रेष्ठ र रुङटा अरबपति व्यवसायी हुन् । श्रेष्ठ शैक्षिक व्यापारी हुन् भने रुङटा घरानिया व्यवसायी हुन् ।

अहिले चौधरीको आगमनले आफूहरु पछि पर्ने अवस्था देखेपछि श्रेष्ठको नेतृत्वमा चारजना व्यवसायीले मोर्चाबन्दी गरेका हुन् । चारैजना वाम गठबन्धनमा प्रवेश गर्नेसम्मको छलफल चलेको बताइएको छ ।

महेश जाजु सन्तुष्ट

यद्धपी जाजुले भने प्रधानमन्त्रीको उक्त निर्णयप्रति आफ्नो पूर्ण समर्थन रहेको प्रतिक्रिया दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा उनले भने,‘प्रधानमन्त्रीज्यूको निर्णयप्रति मेरो सम्मान छ, उहाँको एजेण्डाप्रति मेरो ठूलो समर्थन छ।’ उनले समानुपातिकको लिष्टमा अटाएका व्यक्तिहरुप्रति आफू सन्तुष्ट रहेको समेत स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्