१५ मंसिर, काठमाण्डौ । रुपन्देही क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता प्रमोद यादवले आफूले चुनाव जित्ने दाबी गरेका छन् । आफ्ना एक प्रतिस्पर्धी राजपाका सर्वेन्द्रनाथ शुक्लाले पैसाको भरमा जनमत तान्न खोजेको आरोप लगाउँदै यादवले शुक्लाको गतिविधिप्रति नै आपत्ति जनाएका छन् ।
रुपन्देही क्षेत्र नम्बर ४ बाट कांग्रेका यादव, राजपाका शुक्ला र एमालेका ओमप्रकाश यादव प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।
यादवले आफूलाई पैसाको भरमा चुनाव जित्न लागेको आरोप लगाएपछि त्यसको प्रतिवाद गर्दै शुक्लाले २० करोड रुपैयाँले मतदाता किन्न खोजेको आरोप लगाएका छन् ।
यसअघि यादवले १० करोड रुपैयाँ खर्च गरेर शुक्लाले भोज भतेर गरेर मतदाता फकाउन खोजेको आरोप लगाएका थिए ।
दुवै उम्मेदवारले एक अर्कालाई करोडौँ रुपैयाँ खर्च गर्न लागेको आरोप लगाएपछि रुपन्देही ४ मा पैसाको चलखेल बढ्ने आशंका उब्जिएको छ । कतिपयले भने
दुवै उम्मेदवार झोलामा पैसा बोकेरे चुनावी प्रचारमा सक्रिय भएको आरोप लगाएका छन् ।
सर्वेन्द्रनाथ शुक्कालका कारण विकास हुन नसकेको भन्दै यादवले शुक्लाको प्रवृत्ति तानाशाही भएको आरोप लगाएका छन् भने शुक्लाले विगतमा आफूले त्यस क्षेत्रको विकासका लागि धेरै काम गरेको दाबी गर्दै आएका छन् ।




प्रतिक्रिया