वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकताः डा.भट्टराई

0
Shares

चितवन, १७ मंसिर । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।

यहाँ आज आयोजित ‘आसन्न निर्वाचनमा लोकतन्त्रवादी संस्थाको भूमिका’ विषयक कार्यक्रममा उहाँले लोकतन्त्रवादी नवउदारवादको सट्टा सामाजिकहितको पक्षबाट लोकतान्त्रिकरण गरेर जानुपर्ने बताउनुभयो ।

उहाँले माक्सले परिभाषित गरेको समाजवाद अहिले लागू हुन नसक्ने बताउँदै समाजवादी प्रजातन्त्र अहिलेको आवश्यकता रहेको बताउनुभयो । अहिलेको वाम गठबन्धनले देशको हितमा काम गर्न नसक्ने उहाँको भनाइ थियो ।

संसारमा नै असफल भएको कम्युनिष्ट धारामा वाम गठबन्धन लागेको बताउँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका भट्टराईले भन्नुभयो, “अब मुलुक नयाँ समाजवादी प्रजातन्त्रमा जानुपर्छ, तर वामपन्थी पुरानै बाटोमा हिँड्नु भएकाले हामी उहाँहरुबाट छुट्यौँ ।”

लोकतन्त्र भनेको आधारभूत मान्यताको रक्षा गर्ने शक्ति भएको बताउँदै उहाँले यसको रक्षाका लागि संघसंस्थाको महत्वपूर्ण भूमिका हुन्छ भन्नुभयो ।

Skip This

Omoda E5 Pro