काठमाण्डौको नैकापस्थित मतदान केन्द्र नजिक बम विष्फोट


२१ मंसिर, काठमाण्डौ । काठमाण्डौको नैकापमा बम विष्फोट गराइएको छ ।
दोस्रो चरण निर्वाचन अन्तगरगत मतदात सुरु हुने वितिक्कै नैकापको एक मतदान केन्द्रमा बम विस्फोट भएको छ ।
काठमाडौंको नैकापको मंगल मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको स्थानीयले बताएका छन् ।

विहान ७ बजे नै मतदाता लाइनमा बसेका थिए । स्थानीयका अनुसार ७:१५ मा बम विस्फोट भएको थियो । विस्फोट पछि लाइनमा बसेका मतदाताबीच केही समय भागदौड मच्चिएको थियो ।