निधिलाई हराउन राजेन्द्र महतोलाई बाम गठबन्धनको समर्थन


धनुषा, २१ मंसिर । आज भैरहेको निर्वाचनमा उत्साहजनक रुपमा मतदान भैरहेको छ । मतदाताहरुले आ–आफ्नो मतदान केन्द्रबाट मत जाहेर गरिरहेका छन् । अहिलेसम्म ४५ प्रतिशत मत खसिकेको निर्वाचन आयोगले जनाएको छ ।

मतदान जारी भैरहेको बेलामा धनुषाको क्षेत्र नम्बर ३ मा राजेन्द्र महतो र विमलेन्द्र निधिवीचको प्रतिष्पर्धामा नयाँ ट्विस्ट आएको छ । निधिलाई हराउनको लागि वाम गठबन्धनले महतोलाई जिताउन हिजै आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएको खुलासा भएको छ।

अमरेश कुमार सिंहलाई हराउनको लागि वाम गठबन्धनले राजपा नेपालका उम्मेद्धवारलाई जिताउन कडा निर्देशन दिएको कुरापनि बाहिर आएको छ ।

Skip This

Omoda E5 Pro