चुनाव हारेका भुपेन्द्रलाई विजय उत्सवमा देख्दा वामगठबन्धनका कार्यकर्ता भावुक

0
Shares

विष्णुप्रसाद न्यौपानेः कालिकोट, २६ मंसिर । कालिकोट जिल्लाको निर्वाचनको मत परिणाम सार्बजनिक हुँदै गर्दा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका युबा नेता भुपेन्द्रजंग शाहीले बिजयी उम्मेदवार माओवादीका दुर्ग बहादुर रावतलाई प्रत्यक्ष भेटेर बधाई दिनुका साथै निर्वाचनमा खटेका सम्पुर्ण मतदान अधिकृत र कर्मचारीलाई निर्वाचन सम्पन्न गरएकोमा धन्यवाद दिए।

नेपाल तरुण दलका महामन्त्री समेत रहेका शाही मत गणना स्थलबाट बाहिर निस्किनै लाग्दा बाहिर पट्टी वाम कार्यकर्ता विजयको खुसियालीमा नाचगान गर्दै थिए। सबैले के अनुमान गरेका थिए भने निर्वाचनमा पराजय भयका कारण भुपेन्द्र निरास बनेर कसैसँग नबोलेर खुरुखुरु घर तिर लाग्नेछन।

तर यसको ठिक उल्टो बिजय उत्सव मनाइरहेका वाम गठबन्धनका कार्यकर्ताको बिचमा गएर महामन्त्री शाहीले सबैलार्इ अंगालो मारे, हात मिलाएर बधाई दिए।

यसरी पराजित भएको उम्मेदवारको हार्दिकता र राजनीतिक संस्कार देखेर माओवादी तथा एमालेका कार्यकर्ता समेत चकित परे। आफ्नो विजयको खुसिमा नाचगान गरिरहेका वाम गठबन्धनका कार्यकर्ता एकैछिनमा भुपेन्द्रको वरिपरि झुम्मिएर सबैले सेल्फी खिच्न थाले।

वरपर रहेका सम्पुर्ण मान्छेहरु भावुक बने। आफू हार्दा पनि कति पनि विचलित नबनी उल्टै हाँसेर बामकार्यकर्तासँग अंगालो मारेर सबैलाई धन्यवाद दिए, जितेकोमा बधाई दिदै हिड्ने नेताको मुटु कति सारो होला सबै अचम्ममा परेका थिए।

नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजङ शाही २०७० को संविधानसभामा पनि कांग्रेसको तर्फबाट उम्मेदवार बनेर पराजित भएका थिए । दुर्इ–दुर्इ पटक पराजित बन्दा पनि निरास नबनी हँसिलो अनुहारकासाथ विजयीलाई बधाई दिएर हिड्दा कालिकोटका आम नागरिकहरु भावुक बनेका थिए।

आफू हार्दा पनि हाँसेर हिड्न सक्ने भुपेन्द्र जस्तो नेता पाउनु कालिकोटको लागि गौरवको बवषय भन्दै सबैले प्रशंसा गरेका छन। ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ का अभियन्ता भुपेन्द्रजंग शाही चुनाबी परिणाममा पराजय भएपनी जनताको मन जित्न सफल भएका छन।

कांग्रेस मात्र होइन, के माओवादी, के एमाले के मजदुर सबै पार्टीका नेता कार्यकर्ता समेतले भुपेन्द्रजंग शाही चुनाव हारे पनि उ कालिकोटको लोकप्रिय नेता भएको भन्दै सामाजिक संजालमा खुलेर प्रसँशा गरेका छन।

एमाले सचिव चित्र सिङ गाउले, माओवादीबाट निर्वाचित पचाल झरना गाउपालिका अध्यक्ष खड्ग सेजुवाल, माओवादी नेता दिनेश चधरा, स्व बियु सभापति भिम आचार्य, एमाले नेता पुष्पराज आचर्य लगायत धेरै नेता कार्यकर्ताले भुपेन्द्रको प्रसँशा गर्दै भनेका छन‘वास्तवमा भुपेन्द्रजंग शाही नै महान नेता हुन।

चुनाब हारेर पनि उच्च राजनितीक सस्कार देखाउने भुपेन्द्र कालिकोटकै साझा जनपृय नेता हुन। उनी पक्कै भोलि देसकै नेता हुनेछन। यसैगरी एउटा कार्यक्रममा सम्बोधन गर्दै बिना बिभागिय मन्त्री महेन्द्र बहादुर शाहीले भनेका छन अहिले चुनाव हारेपनी भुपेन्द्रजंंग शाही कालिकोटका लोकप्रिय नेता हुन । कालिकोटका जनताले अवस्य एकपटक जिताउने छन।

गजब कुरा के छ भने चुनावको परिणाम आइसके पछि झनै मान्छेहरु पछुताएका छन। सबैले बिश्लेषण यस्तो गरेका छन कि भुपेन्द्र कालिकोटको बिकासको लागि जित्नै पर्ने ब्यक्ति हुन।

यदि योपटक बाम गठबन्धन नभएको भए भुपेन्द्रलार्इ कसैले हराउन सक्ने थिएन । २०७० को चुनाबमा ८ हजार मत प्राप्त गरेका भुपेन्द्रले यो पटक दोब्बर मत १६ हजार ४ सय प्राप्त गरेका छन। यो लोकप्रियता बाट सबैले भन्न थालेका छन अब अर्को पटक भुपेन्द्रको जित सुनिस्चित हुनेछ।

अहिलेको परिस्थितिमा भुपेन्द्र जङ शाहीले प्राबिधिक रुपमा चुनाव हारे पनि कालिकोटका युबा र आम मानिसको बिचामा निकैनै लोकप्रिय बनेर जनताको मत नजिते पनि जनताको मन जित्न सफल बनेका छन।

कालिकोटमा मात्रै होइन युबा नेताहरूको पराजयले देसैभरी सबैलाई दुखित बनायको छ। देसकै लागि केही गर्न सक्ने उर्जाशिल र भिजन भयका युबा नेताहरु बिस्वप्रकास शर्मा,चन्द्र भण्डारी, भुपेन्द्र जङ शाही,गोबिन्द भट्टराई, प्रदिप पौडेल, रन्जित कर्न लगायतका युबाहरुको पराजयले सबैलाई स्तब्ध बनाएको छ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, डा।रामशरण महत, कृष्ण सिटौला, अर्जुन नरसिंह केसि लगायतका नेताहरू पराजित हुनुले कांग्रेसलाई गम्भीर धक्का पुगेको छ।

Skip This

Omoda E5 Pro