नेपालमा बोसकाे पहिलो ब्रान्ड स्टोर जावलाखेमा सञ्चालन


काठमाडौं । विश्वव्यापी होम अप्लायन्स कम्पनी बीएसएच होम अपलाइन्सले लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा पहिलो बोस ब्राण्ड स्टोर सञ्चालनमा ल्याएको छ। ललितपुरको जावलाखेलस्थित नयाँ स्टोरबाट बोसका रेफ्रिजेरेटर, वाशिङ मेसिन, डिशवाशर तथा बिल्ट–इन किचन समाधानहरू उपलब्ध हुनेछन्।

कम्पनीका अनुसार नेपालमा शहरीकरण, बढ्दो आय र प्रिमियम घरेलु उपकरणप्रतिको आकर्षण बढ्दै गएकाले बजार विस्तार गरिएको हो। बीएसएच इन्डियाका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सैफ खान ले नेपाललाई दीर्घकालीन सम्भावना भएको बजार भन्दै उपभोक्तामाझ विश्वस्तरीय प्रविधि पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बोससँगको सहकार्यले नेपाली उपभोक्तालाई विश्वस्तरीय प्रविधि र गुणस्तरीय उत्पादनमा पहुँच विस्तार गर्ने बताए।

बोसले हाल नेपालभर ७० भन्दा बढी डिलर साझेदार र २० आधुनिक व्यापारिक आउटलेटमार्फत आफ्ना उत्पादन बिक्री गर्दै आएको छ। कम्पनीले आगामी दिनमा खुद्रा सञ्जाल विस्तार, उपभोक्ता शिक्षा र बिक्रीपछिको सेवामा थप लगानी गर्ने जनाएको छ।

बाेसले नेपालमा आफ्नो उपस्थिति विस्तार गर्दै लन्ड्री, डिशवाशिङ तथा प्रिमियम किचन समाधानहरूमा ध्यान केन्द्रित गरेको छ। कम्पनीले नेपाललाई विशेषगरी फ्रन्ट-लोड वाशिङ मेसिनको बलियो बजारका रूपमा लिएको छ, जहाँ यस श्रेणीले कुल बिक्रीको ७०–८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ।

फ्रन्ट-लोड लन्ड्री प्रविधिमा ७० वर्षभन्दा बढी अनुभव बोकेको बीएसएच होम अपलाइन्स अन्तर्गत बाेसले फेब्रिक केयरमा निरन्तर नवप्रवर्तन गर्दै आएको छ। बलियो सामग्रीबाट निर्मित बाेस वाशिङ मेसिनहरू उच्च गुणस्तर, टिकाउपन र दीर्घकालीन प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएका छन्। यी उपकरणहरूले शक्तिशाली सफाइ, ऊर्जा तथा पानीको दक्ष प्रयोग र कपडाको सुरक्षा सुनिश्चित गर्दै आधुनिक उपभोक्तालाई भरपर्दो समाधान प्रदान गर्छन्।

नेपालमा डिशवाशरको बजार अझै प्रारम्भिक चरणमै भए पनि यसको वृद्धि सम्भावना उल्लेखनीय रहेको कम्पनीको विश्वास छ। बदलिँदो पारिवारिक संरचना, स्वच्छताप्रतिको बढ्दो सचेतना तथा दोहोरो आम्दानी भएका परिवारहरूको वृद्धिसँगै डिशवाशरप्रति आकर्षण बढ्दै गएको छ।

त्यसैगरी, प्रिमियम किचन क्षेत्रमा पनि बाेस सक्रिय रूपमा अघि बढिरहेको छ। मोड्युलर किचन, प्रिमियम आवास तथा एकीकृत living spaces को बढ्दो प्रयोगसँगै कम्पनीले बिल्ट-इन ओभन, हब र हुड जस्ता आधुनिक उपकरणहरू प्रस्तुत गरेको छ।

जावलाखेलमा स्थापना गरिएको उक्त स्टोर रणनीतिक रूपमा चयन गरिएको स्थानमा रहेको छ, जहाँ उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादन अनुभव गर्न, विशेषज्ञ सल्लाह लिन तथा आधुनिक किनमेल अनुभव प्राप्त गर्न सक्छन्। यसले बाेसको प्रविधि र समाधानहरूलाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्छ।

नेपालको होम अप्लायन्स बजार विस्तार भइरहेका बेला बाेसले नवप्रवर्तन, गुणस्तर र विश्वसनीयतामार्फत आफूलाई प्रिमियम सेग्मेन्टको अग्रणी ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य कम्पनिले राखेको छ।