Logo

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप



काठमाडौँ, १४ माघ । राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुनेछन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० लाख दिएको छ ।

सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर पनि भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् । रासस



प्रतिक्रिया दिनुहोस्