मुद्दा फिर्ता र बन्दी रिहाईदेखि संविधान संशोधनको वातावरण बनाउन सरकारसँग राजपाको माग


काठमाडौं, १६ फागुन । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले तत्काल संविधान संशोधन गर्ने वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारसँग माग आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गरी राजपाले सरकारसँग यस्तो आग्रह गरेको हो । उसले मधेस आन्दोलनका क्रममा मुद्दा लागेकाहरुको मुद्दा फिर्ता, बन्दी रिहाइ लगायतका माग पूरा गर्न पनि माग गरेको छ ।

अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘मधेसी, थारु, आदिवासी जनजाति, पिछडावर्ग, अल्पसंख्यक, मुस्लिम, र दलित लगायतद्वारा उठाएको माग पूरा हुने गरी संविधान संशोधन तथा झुठा मुद्दा फिर्ता बन्दी रिहाई लगायतका विषयहरु अविलम्ब संशोधन हुने गरी वातावरण बनाउनका लागि इमान्दार प्रयास गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।’