आर.सी.एनबाट : बीरगंज १६ गते फागुन । आज २० औं दिन आई.सी.पी.को मुलगेट अगाडी बिरोध धर्नामा बसेको मुआब्जा पिडित किसान परिवारहरुलाई सम्बोेधन गरेकी छिन् ।
प्रदेश नं. २ को प्रदेश सभासद करिमा बेगमले १ सय १० बिघा खेती योग्य जग्गा आई.सी.पी. मुआब्जा ३ सय ४६ पिडीत किसान घर परिवारलाई ०६७ सालमा सरकारी टोलीले सरकारलाई सिफारीस गरे बमोजिम हाल सम्म सरकारले मुआब्जाको रकम उपलब्ध नगराउनु भनेको मधेशी किसान परिवारमाथि अत्यचार गर्ने बानीले नै देशमा आमुल परिवर्तन भई देशमा संघिय संरचना स्थापित हुन गएको कुरा बताईन् ।
अब बन्ने सरकारले मुआब्जा पिडित किसान परिवारहरुको मुआब्जाको रकम समयमा निकासा गरी समयमा नै प्रदान गर्ने प्रदेश सभासद बेगमले बिश्वास ब्यक्त गरिन् ।
उक्त कार्यक्रमको सभापति आई.सी.पी.नेपाल मुआब्जा पिडित किसान परिवार संघर्ष समिति बीरगंजका अध्यक्ष सुमेश्वर नाथ उपाध्यायको सभापतित्वमा सो बिरोध धर्ना कार्यक्रम सम्पन्न भएको थियो ।




प्रतिक्रिया