फागुन १९, काठमाण्डौ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई महाअभियोग लगाउन माग गर्दै प्रा. डा. गोविन्द केसीले फागुन २९ गतेदेखि अनसन बस्ने भएका छन् ।
डा. केसीले दुईबुँदे माग अघि सार्दै अनसन बस्ने घोषणा गरेका हुन् ।
प्रधानन्यायाधीश पराजुलीलाई महाअभियोग लगाउनुपर्ने र चिकित्सा शिक्षासम्वन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर गरेकालाई कारबाही गर्नु पर्ने उनको माग छ ।
डा. केसीले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘तत्काल गोपाल पराजुलीको भ्रष्टाचार र दुष्कर्मका कारण देशको न्यायालय नै बन्धक बनिरहेको र पराजुलीले पदमा बसेर निरन्तर न्यायको संहार गरिरहेकाले त्यो अवस्था अन्त गर्नका लागि हामी सत्याग्रहसहित विरोधका कार्यक्रम ल्याउन बाध्य भएका छौं। त्यसैले निम्न मागहरु पूरा नभएको खण्डमा यही फाल्गुण २९ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं।’




प्रतिक्रिया