प्रलोपामा लागेका राजकुमार शर्माको प्रदेश सांसद पद यथावत


काठमाडौं, १४ फागुन । प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि नेकपाले कारबाही गरेका राजकुमार शर्माको सांसद पद यथावत भएको छ । सर्वोच्च अदालतले शर्माको सांसद पद यथावत राखेको प्रलोपाका संरक्षक जनार्दन शर्माले जानकारी दिए ।

उनले फेशबुकमा लेखेका छन्–‘‘प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा कर्णाली प्रदेश इन्चार्ज राजकुमार शर्माको कर्णाली प्रदेश सभा सदस्य पद खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उहाँको सांसद पद यथावत् कायम राखेको छ। यस महत्वपूर्ण निर्णयसँगै राजकुमार शर्मालाई हार्दिक बधाई व्यक्त गर्दछु। साथै, यस प्रक्रियामा सहयोग पुर्‍याउनु हुने सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।’

उनले जनताको अभिमतबाट निर्वाचित जनप्रतिनिधिमाथि कार्वाही गर्न खोज्ने जनमतविरोधी प्रबृत्तिलाई अदालतको यस निर्णयले राम्रो सबक सिकाएको पनि उल्लेख गरेका छन् ।

Skip This