Logo

सत्तापक्षका पत्रकारले सरकारसँगको वार्ता भाँड्ने प्रयास गरेको फोरमको आरोप



फागुन २२, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले सरकारमा सहभागि हुने नहुने विषयमा अझै टुङ्गो नलागेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले सरकारमा सहभागि हुने विषय प्रि फाइनल भइसकेको र फाइनल हुन बाँकी रहेको बताए ।

सहमति हुन भने केही दिन लाग्ने उनले बताएका छन् । “ दुई ध्रुवमा उभिएका दलहरुबिचको सहकार्य सजिलो हुँदैन । ३–४ दिनमा सबै समस्या समाधान हुन्छ ।” श्रेष्ठले भने ।

मन्त्रालयका बारेमा अहिलेसम्म कुनै सहमति भएको भन्ने चर्चा गलत भएको श्रेष्ठको दाबी छ । कतिपय नयाँ अनलाईन संचारमाध्यमले गलत समाचाार प्रशारण गरेको आरोप श्रेष्ठले लगाए ।

“कतिपय अनलाइनहरुले राजेन्द्र श्रेष्ठले सरकार र फोरमबिचको वार्ता भाँड्यो भनेर लेखे । त्यो गलत थियो । मैले त वार्ता मिलाउन सकारात्मक भूमिका खेलिरेको छु ।” श्रेष्ठले भने ।

सत्तापक्षीय दलसँग निकट रहेका अनलाईन तथा सत्तापक्षीय दलका नेताहरुले प्रायोजित रुपमा गलत समाचार प्रकाशन गरेको उनले आरोप लगाए ।

“वार्तालाई सफल बनाउने होइन कि, भाँड्नलाई उनीहरु क्रियाशिल छन् । पार्टीगत पत्रकारको रुपमा काम गर्नेहरुले गलत कुराहरु लेखिदिएर वार्ता भाँड्न खोजेका छन् ।” श्रेष्ठले भने ।

सरकारमा सहभागि हुने विषयमा छलफल हुँदा आफूहरुले कतिवटा मन्त्रालय लिने भन्ने विषयमा औपचारिक छलफल नै नभएको उनको जिकिर छ ।



प्रतिक्रिया दिनुहोस्