“म पदमै छु, भोलि कार्यालय गएर ईजलाश तोक्छु” : प्रधानन्यायाधीश


काठमाडौं, ३० फागुन । प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू भोलि पनि नियमितजस्तै कार्यालय जाने र ईजलाश तोक्ने स्पष्ट पारेका छन् ।

न्याय परिषद् सचिवालयले आफूलाई पदमा बहाल नरहेको भन्दै पत्र काट्नु नै गलत भएको उनको टिप्पणी थियो । उनले भने,“ऋषिजी म दोहोर्याएर भन्छु, न्याय परिषद्ले गर्ने निर्णय न्याय परिषद्को सचिवले गर्न पाउँदैन, परिषद्का सचिवलाई त्यस्तो निर्णय लिने कुनै अधिकार छैने र त्यो गैरकानुनी हो ।”

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा पराजुलीले यस्तो दाबी गरेका हुन् । उनले भेनका छन,“त्यो पत्रको कुनै महत्व पनि छैन, सचिवालयलाई क्षेत्राधिकार पनि छैन, त्यो पत्र कायम हुन सक्दैन।”

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त प्रमाणपत्रका आधारमा पराजुलीको ६५ वर्षे हद गत साउनमै पूरा भइसकेको भन्दै प्रधानन्यायाधीश पराजुली अब पदमा बहाल नरहेको पत्र काटेका थिए।

उक्त पत्रको प्रधान्यायाधीश पराजुलीले कडा प्रतिरोध गरेका छन् । आफू अहिले पनि बहाल नै रहिरहेको उनको भनाई छ । धमलासँग पराजुलीले भने,‘म पदमै छु, न्याय परिषद् सचिवालयको निर्णय मान्दिनँ।’ प्रधानन्यायाधीश पराजुलीले नै आज नवनियुक्त राष्ट्रपति विद्यादेवी भण्डारीलाई सपथ खुवाएका हुन् ।