Logo

अर्जेन्टिना र ईटालीले आज मैत्रिपूर्ण फुटबल खेल्दै



काठमाडौं, ९ चैत । रुसमा हुने विश्वकप फुटबलको मिति नजिकिंदै जाँदा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलहरुले तिब्रता पाएका छन् । विश्वकप फुटबल आउन तीन महिनामात्रै बाँकी रहँदा उपाधि दावेदार टोलीहरु रणनीति बनाउन जुटेका छन् । तयारीकै लागि अर्र्जेन्टिनाले आज राति ईटालीसँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

यही खेलको पूर्वसन्ध्यामा अर्जेन्टाईनी टोलीका प्रशिक्षक योर्गे साम्पाओलीले विश्वकपका लागि राष्ट्रिय टोलीको सम्पूर्ण जिम्मेवारी आफ्ना स्टार खेलाडी लियोनल मेस्सीको काँधमा रहने बताए ।

आजै राति जर्मनी र स्पेन, नेदरल्याण्ड्स र इंग्ल्याण्ड, रुस र ब्राजिल, जापान र माली तथा टर्की र रिपब्लिक अफ आयरल्याण्ड्स भिड्नेछन् । यसैगरी फ्रान्सले कोलम्बियासँग खेल्दा पोर्चुगल र ईजिप्ट भिड्नेछन् ।

उता चाईना कप फुटबल अन्तर्गत गएराति भएको खेलमा वेल्सले चीनलाई ६–० ले हराएको छ । उक्त खेलमा ह्याट्रिक गरेका ग्यारेथ बेल वेल्सका लागि अहिलेसम्मकै सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । बेलले अहिलेसम्म देशका लागि २९ गोल गरेका छन् । यसअघि लिभरपूलका पूर्व खेलाडी ईयान रसले वेल्सका लागि २८ गोल गरेका थिए ।

एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्