Logo

अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन



काठमाडौं, १२ चैत। वेष्ट इन्डिजलाई सात विकेटले हराउँदै अफगानिस्तान विश्वकप क्रिकेट छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ । जिम्बाबेमा जारी प्रतियोगिताको हिजो भएको फाईनल खेलमा वेष्ट इन्डिजले दिएको २०५ रनको विजयी लक्ष्य अफगानिस्तानले ४० ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

अफगानिस्तानका लागि मोहम्मद शहजादले सर्वाधिक ८४ रन बनाए । त्यस्तै रहमत शाहले ५१, मोहम्मद नाबीले २७ तथा समिउल्लाह शेनवारीले २० रन जोडे ।

वेष्ट इन्डिजले भने ४६ ओभर ५ बलमा सबै विकेट गुमाउँदै २ सय ४ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि आर पावेलले सर्वाधिक ४४ रन बनाउँदा हेटमेयरले ३८ रन जोडे । समूह चरणमा तीन खेल हारेको अफगानिस्तानले विश्वकप क्रिकेट छनोट प्रतियोगितामा वेष्ट इन्डिजलाई हराउँदै च्याम्पियन बनेको हो ।

यो प्रतियोगिताबाट वेष्ट इंडीज र अफ्गानिस्तान अर्को वर्ष हुने एक दिवसीय विश्वकप क्रिकेटका लागि छनौट भएका छन् ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्