Logo

स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्छ : अध्यक्ष श्रेष्ठ



काठमाडौँ, १२ चैत / नेपाल स्की संघले भारतमा हुन लागेको अन्तर्राष्ट्रिय स्नोबोर्ड च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।

भारतको हिमाञ्चल प्रदेशमा यही चैत १७ र १८ गते हुने उक्त प्रतियोगितामा नेपालको तर्फबाट महानजङ्ग पाण्डे र रञ्जन केसीले प्रतिष्पर्धा गर्नुहुने संघले जनाएको छ । सहभागी हुन दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोली मंगलबार त्यसतर्फ जान लागेको हो । उक्त टोलीलाई सांसद जीवनराम श्रेष्ठले बिदाई गर्दै खेलाडीले अनुशासित भई प्राप्त गर्ने सफलताले समग्र मुलुकको गौरव र प्रतिष्ठा बढाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल स्की संघका अध्यक्षसमेत रहनुभएका श्रेष्ठले स्थानीय तहदेखि नै खेलाडी उत्पादनमा सरकारले लगानी वृद्धि गर्नुपर्ने बताउनुभयो ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका सांसद श्रेष्ठले उक्त खेललाई व्यावसायिक बनाउन आवश्यक पूर्वाधार विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त टोलीलाई आवश्यक सहयोगका लागि अफिसियल कर्मचारीमा उत्सव पाठक र सुरज काफ्ले रहनुभएको संघले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्