असोज ३ गते ‘नेश्नल–डे’ का रुपमा मनाउने


काठमाडौं, १५ चैत्र । सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवस (नेशनल डे) का रुपमा मनाउने निर्णय गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको थियो । संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ लाई राष्ट्रिय दिवस मनाउने निर्णय सरकारले गरेको हो ।