भदौ २४ गतेको छानबिनको लागि एक साताभित्र उच्चस्तरीय समिति बनाउने सरकारको निर्णय


काठमाडौं, १४ चैत्र । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारले शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचिहरु सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकमार्फत ती कार्यसूचीहरु स्वीकृत भएका हुन् । जसमा गत भदौ २४ गतेको घटनाको सत्यतथ्य छानबिन गर्न एक साताभित्र उच्चस्तरीय समिति बनाउने कुरा पनि समेटिएको छ ।

समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित् समयसिमाभित्र प्रतिवेदन पेश गर्न कार्यदेश दिने तथा समितिका सिफारिशका आधारमा आवश्यक थप कारबाही अघि बढाउने कुरा पनि उल्लेख गरिएको छ ।

Skip This

Omoda E5 Pro