Logo

घरेलु मैदानमा चेल्सी टोटनह्यामसँग ३–१ गोलले पराजित



काठमाडौं, १९ चैत्र ।  इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हट्स्परसँग पराजित भएपछि चेल्सीको च्याम्पियन्स लिग यात्रामा ठूलो धक्का लागेको छ ।

घरेलु मैदानमा चेल्सी टोटनह्यामसँग ३–१ गोलले पराजित भयो । अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनका लागि महत्वपूर्ण रहेको खेलमा चेल्सीले एक गोलको अग्रता जोगाउन सकेन । ३० औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा क्रिष्टियन इरिक्सनले २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ६२ औं मिनेटमा डेले आलीले उत्कृष्ट गोल गरेपछि चेल्सी २–१ ले पछि रह्यो । त्यसको चार मिनेटपछि डेले आलीले गोल गर्दै स्ट्याम्फर्ड ब्रिजलाई स्तब्ध बनाए ।

जितसँगै टोटनह्यामले अर्को सिजनको च्याम्पियन्स लिगको दाबेदारीता बलियो बनाएको छ भने चेल्सीको सम्भावना न्यून बनेको छ । यो नतिजाले चेल्सी टोटनह्याम भन्दा ८ अंकले पछि रहेको छ ।

प्रिमियर लिगमा सात खेल बाँकी रहेको अवस्थामा टोटनह्यामसँगको दुरी कम गराउन चेल्सीलाई ठूलो चुनौती हुनेछ । तालिकामा टोटनह्यामले ६४ अंक बनाएको छ भने चेल्सीको ५६ अंक छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्