Logo

एमाले-माओवादी एकता : ओली-प्रचण्ड आ-आफ्नै रणनीतिमा



काठमाडौं, १३ वैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता प्रक्रिया विलम्ब भएसँगै दुवै दलका प्रमुख नेताहरु यतिवेला आन्तरिक छलफलमा व्यस्त रहेको बुझिएको छ ।

यही बैशाख ९ गते एकता घोषणा गर्ने भनेर झण्डै एक महिना अघि नै एकताको तिथि सार्वजनिक गरिएको भएपनि उनीहरुले भनेजस्तो भएन् । बैशाख ९ गतेको एकता टरेसँगै दुवै पार्टीका प्रमुख नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलपलमा व्यस्त छन् ।

प्रचण्डले धेरै लामो समयदेखि नै एकता सम्मानजनक रुपमा हुनुपर्ने बताउँदै आएका थिए उनले ५० ५० को अनुपातमा एकता हुनुपर्छ भनेका छन् । तर, ओली भने सजिलै त्यस्तो अनुपातमा एकता गर्ने पक्षमा देखिएका छैनन् ।

माओवादी निकट उच्च स्रोतले दिएको जानकारी प्रचण्डले दुवै पार्टीका कार्यकर्तालाई एकताको लागि अब ठूलो धक्का दिनेगरि तयारी अवस्थामा रहन आग्रह गरेका छन् । उनले धक्का भनेर एकताको लागि ओलीलाई दबाब दिनुपर्ने धारणा राखेका हुन् ।

प्रचण्डले पार्टी एकता जनताबाट अनुमोदित बिषय भएको उल्लेख गर्दै यसमा बिलम्ब गर्नु नहुने बताउँदै आएका छन् ।

पार्टी एकता लामो समयदेखिको अभ्यासको परिणाम भएको बताउँदै प्रचण्डले पछिल्ल सार्वजनिक कार्यक्रमहरुमा भन्ने गरेका छन, ‘यो एकताको बिषय सजिलो गरी भएको होइन । कम्युनिष्टहरुबीच एकता गर्ने बिषयमा मदन भण्डारीसँग जेठको ६र७ गते छलफल गर्ने कुरा भएको थियो तर उहाँको बीचमै हत्या भयो ।’

शुक्रबार दुबै पार्टीका कार्यदलले बुझाएका पार्टी एकता सम्वन्धी दस्तावेजलाई छलफल गरी अन्तिम रुप दिने अध्यक्ष प्रचण्डको भनाई थियो ।

प्रचण्डले एकता भाँड्न विदेशी शक्ति केन्द्र पनि उत्तिकै रुपमा लागिपरेको बताउँदै एकता प्रक्रियाको अन्तिम लडाईंमा आ–आफ्ना ठाउँबाट उत्रन कार्यकर्ताहरुलाई आव्हान गरेका छन् अहिलेको देशको समृद्धि नै मुख्य कार्यभार भएको बताउँदै यसलाई पुरा गर्न सबैको कर्तव्य भएको उनको धारणा थियो

तर प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भने एकताको लागि माओवादीलई गलाउने रणनीति लिएका छन् । उनले माओवादीलाई एकताको लागि बाध्य तुल्याउने अस्त्र प्रयोग गरिरहेको स्रोतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्