वैशाख २५, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आगामी आर्थिक वर्षको नीति कार्यक्रमबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नै सरकारी निवास वालुवाटारमा पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएर नीति तथा कार्यक्रम बारे सुझाब माग्नका लागि छलफल गरेका हुन् ।
वालुवाटारमा नीति र कार्यक्रममा बारेमा छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिती छ ।
त्यसैगरी अन्य पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल, खिलराज रेग्मी र लोकेन्द्रबहादुर चन्दको पनि छलफलमा उपस्थिती रहेको छ ।




प्रतिक्रिया