बालुवाटार छलफलमा बजेटभन्दा मोदी भ्रमणबारे बढि चासो : वामदेव


काठमाडौं, २५ बैशाख । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला काठमाडौंबाट अरुण तेस्रोको उद्धघाट्न हुने जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सहभागिहरुले बजेट भन्दा पनि मोदीको भ्रमणका बारेमा चासो राखेको गौतमले जानकारी दिए ।
गौतमका अनुसार छलफलमा प्रधानमन्त्री ओलीले मोदीको नेपाल भ्रमणका क्रममा अरुण तेस्रोको दुवै देशका प्रधानमन्त्रीले काठमाडौमा स्वीच थिचेर संयुक्त उद्घाटन गर्ने तयारी भएको जानकारी गराए ।

उनले रेलमार्ग,जलमार्ग र कृषिमा व्यावसायीकरणका लागि महत्वपुर्ण सम्झौता भ्मणका बेला हुने जानकारी गराएका थिए । त्यस्तै सीमा समस्या, बाँध लगायतमा समेत भारतीय पक्षले अब कुनै अवरोध नगर्ने यसअघि नै प्रतिवद्धता जनाएकाले मोदीलाई भ्रमणको निम्ता दिएको छलफलमा प्रधानमन्त्रीले जानकारी विश्वास दिलाएका थिए ।

छलफलमा राजपा नेता महन्त ठाकुर, राजेन्द्र श्रेष्ठ, पूर्व परराष्ट्रमन्त्री भेषबहादुर थापा महेन्द्र पाण्डे, परराष्ट्रविद् राजन भटराई लगायत सहभागी रहेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे