यातायात व्यवसायी महासंघका उपाध्यक्ष स्वाँरले भने-‘पेशा त्यागेर सत्याग्रहमा जान्छौँ’

काठमाडौं, २३ बैशाख । इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो । प्रिमियर लिगकै अन्य खेलमा क्रिष्टल प्यालेसले स्टोक सिटीलाई २(१ ले हराउँदा वेष्ट ह्याम युनाईटेडले लेस्टर सिटीलाई २(० ले पराजित र्गयो । यसैगरी बर्नमाउथले स्वान्सी सिटीलाई १(० ले तथा वाट्फोर्डले न्युकासल युनाईटेडलाई २(१ ले पाखा लगाए । एभर्टन र साउथह्याम्पटनले भने १(१ गोलको बराबरी खेलेका छन् । इङ्लिस प्रिमियर लिग फुटबलमा आज राती तीन खेल हुनेछन् । लिभरपुल र चेल्सी आमने सामने हुँदा च्याम्पियन म्यान्चेस्टर सिटीले हडर्स्फिल्ड टाउनसँग खेल्नेछ । यसैगरी आर्सनलको भिडन्त बर्न्लेसँग हुनेछ । एजेन्सीको सहयोगमा
0
Shares

वैशाख २२, काठमाण्डौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष विजय स्वाँरले वैशाख पाँच गते नै पत्रकार सम्मेलन गरेर आफूहरु आन्दोलनमा गएको भए पनि सरकारले वार्ताका लागि कुने पहल नगरी अहिले व्यवसायीलाई धमाधम पक्राउ गरेकोप्रति आपत्ति प्रकट गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष स्वाँरले आफूहरु सिन्डिकेट पक्षधर नभएको दाबी गर्दै सरकारसँग वार्ता गरेर समस्या समाधान गर्न तयार रहेको बताए ।

महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले शुक्रबार रिपोर्टर्स क्लब परिसरबाट पक्राउ गरेको थियो । स्वाँरले क्लबका अध्यक्ष ऋषि धमलाले पक्राउ गराएको अरोप समेत लगाए ।

धमलाले क्लबको साक्षात्कार कार्यक्रममा आन्दोलनका कार्यक्रमका बारेमा आफ्नो धारणा राख्न सिटौलालाई बोलाएका थिए । सिटौला क्लब परिसरमा आइपुगपछि प्रहरीले पक्राउ गरेको थियो ।

तर स्वाँरले भने, “तपाईलाई बधाई छ । पक्राउ गर्नका लागि राम्रो साथ दिनुभयो ।”

सरकारले घरमा बसिरहेका व्यवसायीलाई गिरफ्तार गरेकोप्रति उनले असन्तुष्टी व्यक्त गरे ।

“लोकतन्त्र हरायो यो देशबाट ? साम्यवादी शाषन लागु गर्न खोजेको हो सरकारले ? तपाई भनिदिनुस् सरकारलाई हाम्रो नागरिकता खारेज गर भनेर ।” स्वाँरले आक्रोषित हुँदै भने । “हाम्रो नागरिकता खारेज गरेर डाँडा कटाइदिउन् न ।”

सरकारले आफूहरुलाई अनागरिक बनाएको उनको आरोप छ । “यो पेशा त्याग्छौँ । सरकारलाई गाडी बुझाउँछौँ । र हामी सत्याग्रहमा जान्छौँ ।”

संचारमाध्यमले समेत व्यवसायीको विरुद्धमा लागेर राज्यको एकलौटी कुरालाई प्राथमिकता दिएको स्वाँरले आरोप लगाए ।

सरकारले यातायात समितिका पदाधिकारीहरुको सम्पत्ति छानविन थाल्ने भएको छ । साथै समितिहरुको बैंक खाता रोक्का गर्ने निर्णय भएको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा शुक्रबार बसेको बैठकले यातायात समिति तथा महासंघका पदाधिकारीहरुको सम्पत्ति छानबिन अघि बढाउने निर्णय गरेको हो ।

यसका लागि यातायात व्यवस्था विभागले देशभरका जिल्ला प्रशासन कार्यालयले समिति पदाधिकारीहरुको विवरण लिएर सम्पत्ति शुद्धीकरण विभागलाई उपलब्ध गराउनेछ ।

“छानविन गरोस् न त । हामी डराउँछौँ ? राजनीतिक दलका व्यक्तिको पनि छानबीन होस् न ।” उनले भने ।

सरकार मालिक र आफूहरु नोकर नभएको तर्क गर्दै स्वाँरले सरकारले अभिभावकत्वको भूमिका खेलेर वार्तामा बोलाउनुपर्ने बताए ।