प्रधानमन्त्रीको पोखराबाट बिशेष सम्बोधन

0
Shares

पोखरा, ३ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिएका छन।

उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि गण्डकी प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका छन।

पोखरा विश्वविद्यालयको १९ औँ वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली आज पोखरामा उपस्थित हुने जानकारी प्राप्त भएको छ ।

साधारणसभाले विश्वविद्यालयको आव २०७४/७५ को वार्षिक कार्यप्रगतिको समीक्षाका साथै आव २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट पारित गर्ने सूचना अधिकारी लोकप्रसाद ढकालले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले आजै निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने कार्यक्रम तय भएको पोखरा विमानस्थल कार्यालयका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले बताएका छन । रासस